बुधबार, असार २५, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • विश्वकपको तेश्रो क्रोएसिया: २७ मिलियन डलर पुरस्कार लिएर घर फर्किने

विश्वकपको तेश्रो क्रोएसिया: २७ मिलियन डलर पुरस्कार लिएर घर फर्किने


कान्तिपथ


क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।

मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।

मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए ।

सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले सन् २०२२ का लागि विश्वकपको कुल पुरस्कार राशी मा सन् २०१८ को भन्दा ४० मिलियन डलर बढाएर ४४० मिलियन डलर बनाएको छ । अर्थत फिफाले विश्वकप खेल्ने ३२ देशलाई कुल ४४० मिलियन डलर पुरस्कारको रुपमा वितरण गर्ने भएको छ ।

यसअघि २०१८ को विश्वकपमा फिफाले ४०० मिलियन डलर पुरस्कारको रुपमा वितरण गरेको थियो । यस विश्वकपमा भाग लिएर समुह चरणबाट बाहिरिने टिमले कम्तिमा ९ मिलियन डलर पाउने छन् । त्यस्तै राउण्ड १६ मा पुगेर बाहिरिने हरेक टिम १३ मिलियन डलर पाउने छन् ।

त्यस्तै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेर बाहिरिने हरेक टिमले १७ मिलियन डलर पाउने छ । त्यस्तै चौथो स्थान हासिल गर्ने टिमले २५ मिलियन डलर पाउने छ भने तेस्रो स्थान हासिल गर्ने देशले २७ मिलियन डलर पुरस्कार पाउने छ ।

त्यस्तै उपविजेता हुने देशले पुरस्कार स्वरूप ३० मिलियन पाउने छ । त्यस्तै विश्व विजेता हुने देशले पुरस्कार वापत ४२ मिलियन डलर नगद पुरस्कार पाउने फिफाले जनाएको छ ।

फिफाले विश्व विजेता देशले पाउने पुरस्कारमा यस बर्ष ४ मिलियन बढाएको छ । यस अघि २०१८ मा फ्रान्स विजेता हुदा ३८ मिलियन डलर पाएको थियो । त्यस्तै २०१४ मा जर्मनी विजेता हुदा ३५ मिलियन डलर पाएको थियो भने २०१० मा स्पेन च्याम्पियन हुदा ३० मिलियन डलर पाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत