शुक्रबार, अशोज १८, २०८१

माओवादीका पदाधिकारी बस्दै : प्रचण्डलाई प्रधानमन्त्री माग्ने !


कान्तिपथ


नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए।

उनका अनुसार नयाँ सरकार गठन र संसदीय दलको नेता छान्ने विषयमा आजको बैठकमा छलफल केन्द्रित हुनेछ। ‘समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हौं,’ गुरुङले भने, ‘सरकार गठनको बेला छ, संसदीय दलबारे छलफल हुन्छ।’

माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि विवाद छैन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत दलको नेता चुनिने भएपनि सरकार गठन लगायतका अन्य विषयमा छलफल गर्नका लागि बैठक आह्वान भएको हो।

यसअघि गत १७ र १८ गते पनि पदाधिकारी बैठक बसेको थियो। पदाधिकारी बैठकले सरकारमा जाने सबै विकल्प खुला गरेको जनाएको थियो। यद्यपि पछि नेताहरुले सो निर्णय नभएको बताएका थिए। माओवादीले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि बढाउने तयारी गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत