शुक्रबार, असार ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नेपालसहित विभिन्न मुलुकमा यसरी मनाइयो ‘हजुरबुबा-हजुरआमा दिवस’

नेपालसहित विभिन्न मुलुकमा यसरी मनाइयो ‘हजुरबुबा-हजुरआमा दिवस’


कान्तिपथ


काठमाडौं, पुस ३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानाडाले ‘हजुरबुबा(हजुरआमा दिवस’ मनाएको छ। गत असार २९ गते भानुजयन्तीका अवसरमा यो दिवस मनाउने घोषणा गरेको अनेसास क्यानडाले यहि मंसिर २४ गते हजुरबुबा(हजुरआमाप्रति विशेष सम्मान व्यक्त गर्दै उक्त दिवस मनाइएको हो।

नेपाली राजदूताबासका तर्फबाट कन्सुलर रोजिना ताम्राकार प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जूम प्रविधिमार्फत् क्यानडाको अटावा, लण्डन अन्टारियो, किच्नर, विण्डसर, टोरन्टो, एडमन्टन, क्यूबेकलगायत ठाँउमा रहेका नेपालीहरुले सहभागिता जनाएका छन् ।

यस्तै, कार्यक्रममा अमेरिकाको वासिङटन डिसी, भर्जिनिया, डलास, अस्टिनलगायत स्थानमा रहेकाका नेपाली पनि सहभागीता जनाएका छन् ।

नातिनातिना र हजुरबाआमाहरुको उल्लेख्य सहभागिता रहेको उक्र कार्यक्रममा नेपालबाट काठमाडौं, मोरङ र झापाका विभिन्न ठाउँबाट पनि सहभागिता जनाएका थिए ।

विशेष सम्मानसहित आफैँ तयार गरेका मिष्टान्न भोजनहरू हजुरबुबा र हजुरआमालाई अर्पण गर्दै संस्कृत श्लोक ‘बक्रतुण्ड महाकाय’ बाट कार्यक्रमको सुरुवात गरिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत