शनिबार, चैत्र ९, २०८१

सात दिनभित्र प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिको आह्वान


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि सात दिनको म्याद दिएर आह्वान गरेकी छिन्। राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर उक्त जानकारी गराएको हो।

‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७:०० बजे भित्र दाबी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधि सभाको निर्वाचनमा कुनै दलले बहुमत ल्याएका छैनन्। कांग्रेस ठूलो दल भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत