शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सार्वजनिक स्थानमा यौनजन्य ईशारा गर्दै जिस्क्याउने महिलाहरु पक्राउ

सार्वजनिक स्थानमा यौनजन्य ईशारा गर्दै जिस्क्याउने महिलाहरु पक्राउ


कान्तिपथ


काठमाडौं । बुटवल उपमहानगरपालिकाका विभिन्र सार्वजनिक स्थानहरुमा यौनजन्य ईशारा एवम् संकेत गर्दै अभद्र व्यवहार गर्ने महिलाहरु पक्राउ परेका छन् ।

समूह बनाई महिला, यात्रु तथा अन्य व्यक्तिलाई अपशब्द बोल्ने, यौनजन्य ईशारा संकेतहरुबाट जिस्काउने हातपात वा हैरानी गर्ने रुपन्देही बुटवल २ बस्ने २३ वर्षीया मालिका सुव्बा, २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत