नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ चीनमा उपचार गराएर आज (मंगलबार) स्वदेश फर्किएका छन्।
स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन ३ सातापछि नेपाल फर्किएका हुन्। उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, रन्जित तामाङ्ग, राधिका तामांग, अमनलाल मोदी लगायतले विमानस्थलमा स्वागत गरेका छन्।
वंशाणुगत जण्डिशबाट पीडित पुनलाई चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेन्जेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ