कांग्रेस महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने चेतावनी दिएका छन् । माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले बुधबार यी विषयमा संस्थागत निर्णय हुनुपर्ने उल्लेख गरे ।
संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गरे ।
‘सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस बाँधिन्छ । तर बन्दकोठामा गरियो भने त्यस्तो निर्णय कांग्रेसले बोक्दैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन,’ थापाले भने ।
बुधबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी भए भने थापाले २५ मत ल्याए । उनले आफ्नै समूहको मतसमेत पाएनन् ।
“म अहिले सरकारमा जाने विषयमा सोचेको छैन, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु तर कांग्रेसको नाममा हुने कुनै पनि निर्णय पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने व्यक्तिगत निर्णय हुनेछ,” उनले भने, “अर्को पार्टीसँग कुनै समझदारी गर्छ भन्यो भने पार्टीसँग संस्थागत भए कांग्रेसले बोक्छ नभए आलोपालो भन्ने अँध्यारो कोठाभित्र गरिए कांग्रेसले बोक्दैन । हामीले मानिदैन ।”
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ