बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • विद्यार्थीसँग त्रिविको मजाक: स्नातकको रिजल्ट नआउँदै स्नातकोत्तरको भर्ना खुला

विद्यार्थीसँग त्रिविको मजाक: स्नातकको रिजल्ट नआउँदै स्नातकोत्तरको भर्ना खुला


कान्तिपथ


त्रिभुवन विश्वविद्यालयले स्नातक अन्तिम वर्षको परिक्षाफ़ल सार्वजनिक नहुँदै स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना खुलेको सूचना प्रकाशित गरेको छ । त्रिविका विविध संकायअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९/०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा नयाँ भर्ना खुलेको सूचनामा उल्लेख थियो ।

त्रिविले प्रकाशित गरेको सूचनामा स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना हुन आवेदन फारम बुझाउने म्याद पुस ६ देखि माघ ५ गतेसम्म तोकिएको छ । प्रवेश परीक्षाका लागि भने सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेअनुसार हुने भनिएको छ । कक्षा सञ्चालन माघ २२ गतेदेखि हुने सूचनामा उल्लेख छ ।

त्रिविको यो सूचनाले स्नातक तह अन्तिम वर्षको नतिजा कुरिरहेका विद्यार्थीहरु अन्योलमा परेका छन् । स्नातकको नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना खुलाएकोमा उनीहरु अलमलमा परेका हुन् ।

त्रिविले गत वर्ष माघमा गराएको बीबीएस चौथो वर्ष र बिए तेश्रो वर्षको नजिता अझै निकालेको छैन । परीक्षा भएको १ वर्ष बितिसक्दा पनि रिजल्ट नआएपछि विद्यार्थीहरु मारमा छन् । कोभिड १९ का कारण परीक्षा एक वर्ष ढिलो भएको थियो ।

बीएड चार वर्षको र बीएस्सी चौथो वर्षको पनि नजिता आएको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत