मङ्लबार, बैशाख ९, २०८२

मधेशमा दुई दिनमा गोली प्रहारबाट दुईकाे हत्या


कान्तिपथ


ढल्केवर, पुस १० गते । मधेश प्रदेशमा दुई दिनको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रदेशको धनुषा र बारा जिल्लामा गरी दुई दिनभित्र दुई जनाको हत्या भएको हो । 

शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने ४० वर्षीय धनुक दासको गोली प्रहारबाट हत्या भयो । घरमै बसिरहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो । अज्ञात व्यक्ति घरमै पसेर दासमाथि गोली प्रहारी गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका दासको उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । 

यसअघि शुक्रबार साँझ बाराको गढीमाई नगरपालिका–२, भुतही पुल नजिकै रहेको चिया पसलमा गोली प्रहारबाट एक भारतीय नागरिकको हत्या भयो । भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा निवासी ४५ वर्र्षीय शिवपुजनप्रसाद यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो । 

गोली प्रहारबाट सख्त घाइते भएका यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । मधेश प्रदेशका प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी सुमनकुमार तिम्सिनाले दुबै घटनामा संलग्न अपराधी पक्राउ पर्न नसकेको बताउनुभयो । उहाँले अपराधीको खोजी कार्य तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो । 

अपराधी भारततर्फ पनि भागेको हुनसक्ने बताउँदै भारतीय सीमामा तैनाथ सशस्त्र प्रहरी र भारतीय सुरक्षा निकायसँग समन्वयको प्रयास भइरहेको छ । मधेशको आठवटै जिल्लामा लागूऔषधको चुनौती छँदै थियो । यो घटना पश्चात् सुरक्षा संवेनदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ, प्रवक्ता तिम्सिनाले भन्नुभयो । 

बारा घटनामा भारतीय नागरिकको हत्या भएकाले हत्यामा संलग्न व्यक्ति भारतीय पनि हुनसक्छ । हत्या गर्न नेपालको भूमि प्रयोग गरेको हुनसक्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ । धनुषाको घटना सम्बन्धमा पनि गहन अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत