शुक्रबार, असार ६, २०८२

कोशीटप्पुमा ५० हजारले काटे खर, आरक्षलाई भयो २५ लाख आम्दानी


कान्तिपथ


इनरुवा, पुस १० गते । सप्तरी, सुनसरी र उदयपुरसहित प्रदेश १ र मधेश प्रदेशमा गरी तीन जिल्लामा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा ५० हजार स्थानीयले खर काटेका छन् । 

आरक्षका संरक्षण अधिकृत रमेश यादवकाअनुसार तीन जिल्लाका ६ वटा पोष्टबाट पुर्जी लिएर ५० हजार स्थानीयले खर काटेका हुन् । आरक्षले यसपटक तीनदिन खोलेको खरखडाइमा तीनै जिल्लाका स्थानीयले सुरक्षित रूपमा खर काटेको प्रमुख यादवले बताउनुभयो । 

यादवका अनुसार प्रत्येक वर्ष आरक्षको सफाइ पनि हुने र ५० स्थानीयले घर छाउन, घरकाममा प्रयोग गर्न पाउने तथा गाईबस्तुलाई खुवाउन पनि मिल्ने भएकाले प्रति व्यक्तिसँग ५० रुपियाँ प्रवेश शुल्क लिएर खरखडाइ गरिएको हो ।

आरक्ष क्षेत्रमा जङ्गली जनावरको जोखिमका बीचमा पनि सप्तरीमा ३० हजार, सुनसरीका १९ हजार र उदयपुरका ५०० सय तथा अन्य ५०० सहित ५० हजार जनाले खर काटेको जनाएको छ । यसबाट आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलाई २५ लाख रुपियाँ आम्दानी भएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत