शनिबार, साउन ३, २०८२

सरकारमा नजाने समाजवादीको निर्णय


कान्तिपथ


नेकपा (एकीकृत समाजवादी) एमाले–माओवादीसहितको गठबन्धनमा सहभागी नहुने भएको छ। आइतबार बसेको एकीकृत समाजवादीको बैठकले उक्त निर्णय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने समझदारी भएसँगै एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको हो।

आइतबार नै बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका थिए। जहाँ एमाले–माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो। छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत