शनिबार, साउन ३, २०८२

थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा


कान्तिपथ


विराटनगर : चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको विराटनगर महानगरपालिकाको सफाइ मेसिन ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ ।

मर्मतपछि ब्रुमरबाट बुधबार कञ्चनबारी चोकदेखि नहरसम्मको सडक सफाइ गरिएको छ । ब्रुमरले सफा गरेपछि दमकलबाट सडक पखालिएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर नागेश कोइरालाको योजना अन्तर्गत महानगरका मुख्य र बढी आवतजावत हुने सडक पखाल्ने काम भइरहेको छ ।

मंगलबार एयरपोर्ट रोड पखालिएको थियो । ब्रुमरबाट महानगरका मुख्य सडकको धुलो बढारिनेछ । बिग्रिएर लामो समय थन्किएका कारण मर्मत गरेर परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

२०७५ साल असोजमा महानगरपालिकाले ५५ लाख रूपैयाँमा सो ब्रुमर खरिद गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत