नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो।
एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। यस्तोमा ओलीनिवास बालकोटमा ६ जना मन्त्रीको नामलाई पनि अन्तिम रुप दिँदैछ। यस्तोमा उपाध्यक्ष पौडेलले गृह या अर्थमन्त्रालयले लिन सक्नेछन्। उनी दुईमध्ये एक उपप्रधानमन्त्री हुनेछन्।
उनले अर्थमन्त्रालयले लिन सम्भावना बलियो छ। गृहमन्त्रालयमा माओावादी उपमहासचिव वर्षमान पुनको सम्भावना बलियो छ। एमालेबाट मंसिर ४ को निर्वाचनमा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल विजयी भएका थिए। नेम्वाङ इलाम र पौडेल रुपन्देहीबाट विजयी भएका हुन्। नेम्वाङ अहिले सभामुख या राष्ट्रपति पदमध्ये एकका दाबेदार छन्। संविधानसभा अध्यक्ष र एमाले संसदीय दलको नेतासमेत भइसकेका उनी सात दलीय गठबन्धनबाट राष्ट्रपतिका दाबेदार हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ