मङ्लबार, असार २४, २०८२

मन्त्री टुङ्गो लगाउने जिम्मा नवनियुक्त प्रधानमन्त्री दाहाललाई


कान्तिपथ


काठमाडौं, पुस ११ गते । सत्ता साझेदार दलको बैठकले मन्त्री बाँडफाँट जिम्मा नवनियुक्त प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहालले सबै दलसँग छलफल गरेर यस विषयमा निर्णय लिनुहुने जानकारी दिनुभयो ।

गृहसहित उपप्रधानमन्त्रीमा लामिछानेको दाबी :

सभापति लामिछानेले भन्नुभयो, “सहमति गरेर साझा रूपमा अगाडि सारेर जान सक्छौँ भनेर सहभागी भएका हुनाले मन्त्रीहरूको समग्रमा छलफल भएको छ । टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिइएको छ ।” 

लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरिएको तर, यसको टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताउनुभएको हो । 

जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय :

जनमत पार्टीका दलका नेता डा. सिके राउतले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको भागमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको जानकारी दिनुभयो ।

यसका लागि पार्टीले अब्दुल खानलाई सरकारमा पठाउने उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत