बुधबार, बैशाख ५, २०८१

फेसबुकमा बैंकको नामबाट म्यासेज आएको दुई मिनेटमा २ लाख गायब !


कान्तिपथ


दाङमा मंगलबार बिहान दंगीशरण गाउँपालिका– ५ मिरौली घर भई हाल तुलसीपुरमा व्यवसाय गर्दै आएका ज्ञानबहादुर चौधरीको एनआइसी एसिया बैंकको खाताबाट दुई लाख २० हजार रुपैयाँ चोरी भएको छ।

मंगलबार बिहान फेसबुक एनआइसी एसिया बैंक नामबाट म्यासेन्जरमा आफू एनआइसी एसिया बैंकको कर्मचारी भएको बताउदै एक व्यक्तिले खातामा समस्या देखिएको र खाता बनाउनका लागि भन्दै खाता नम्बर र मोबाइल नम्बर मागेका थिए ।

‘म्यासेजमा बैंकको नाम र लोगो देखे पछि ती व्यक्तिमाथि विश्वास लाग्यो, मोबाइलमा बैंकको कर्मचारी हु भन्दै फोन पनि आएपछि झनै विश्वास गरे । र ती व्यक्तिलाई आफ्नो खाता नम्बर तथा मोबाइल नम्बर दिए। पहिले पनि खातामा समस्या आएमा बैंकबाट फोन आउँथ्यो’, उनले भने, ‘अहिले पनि त्यही होला भनेर पठाएँ।’

मोबाइल नम्बर र खाता दिएपछि केही समयमा मोबाइलमा ओटिपी कोड आयो। चौधरीलाई ओटिपी कोड आफूभन्दा अरूलाई थाहा दिनुहुँदैन भन्ने थाहा थियो, तैपनि कर्मचारी नै हुँ भन्दै मागेपछि उनले त्यो कोर्ड दिए।

‘दुईपटकसम्म त कोड पनि दिइनँ, त्यो कोर्डको म्याद दुई मिनेटसम्म हुँदोरहेछ, त्यसपछि उताबाट फोन आयो, कर्मचारी भनेपछि विश्वास लाग्यो,’ उनले भने, ‘त्यसपछि दिएँ।’

उनले त्यो ओटिपी कोर्ड दिएको केही समयपछि दुई लाख २० हजार रुपैयाँ खाताबाट अन्तै पठाएको भन्ने म्यासेज आयो। त्यसपछि उनलाई त्यो खाताको रकम चोरी भएको भन्ने लाग्यो र खाता भएको एनआइसी एसिया बैंकमा खबर गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत