आइतवार, असार २९, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • एम्बाप्पेको निर्णायक गोलमा पीएसजी विजयी : नेयमारलाई दुई मिनेटमा रातो कार्ड

एम्बाप्पेको निर्णायक गोलमा पीएसजी विजयी : नेयमारलाई दुई मिनेटमा रातो कार्ड


कान्तिपथ


विश्वकपपछिको आफ्नो पहिलो खेलमा फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेले निर्णायक गोल गरेपछि फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ।

बुधबार राति भएको खेलमा पीएसजीले स्टार्सवर्गविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो। पीएसजीको जितमा मार्किन्हस र केलियन एम्बाप्पेले गोल गरे। स्टार्सवर्गले एक गोल उपहार स्वरुप पायो।

एम्बाप्पे चम्किएको खेलमा नेयमार भने रातो कार्ड खाँदै मैदान छाडेका थिए। नेयमारले दुई मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्दा पीएसजी ६२औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक पुर्‍याएको छ। पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत