शनिबार, साउन ३, २०८२

माओवादी केन्द्रले बागमतीमा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने


कान्तिपथ


नेकपा माओवादी केन्द्रले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि तीव्रता दिइरहेको छ। दलको नेता चयन गर्न प्रदेश कमिटिको बैठक काठमाडौंको बानेश्वरमा जारी छ। तर सहमति हुन नसकेपछि चुनाव हुने वातावरण बनेको छ ।

संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ, रामेछापबाट निर्वाचित सदस्य युवराज चौलागाईं लगायतले संसदीय दलको नेतामा दाबी गर्दै आइरहेका छन्। यद्यपी मुख्य दावेदारको रुपमा पौडेल र जम्मकट्टेललाई लिइएको छ। दुलाल, चौलागाईं र तामाङ्गले अन्तिममा बाँकी दुई दाबेदारलाई समर्थन गर्ने सम्भावना छ ।

संसदीय दलको नेता बन्न ११ मत आवश्यक पर्छ। बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रले २१ सिट जितेको छ। अधिकांश सांसद निर्वाचनको पक्षमा छन् । प्रचण्डले चुनाव हुँदा राम्रो हुने संदेश पठाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत