इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले ब्रिंघटनमाथि ४–२ गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलको दोस्रो मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई जित दिलाएका थिए। खेलको ३९ औं मिनेटमा मार्टिन ओडेगार्डले अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफमा २–० ले अगाडि रहेको आर्सनलका एडी एनकेटियले ४७ औं मिनेटमा गोल गर्दै जित पक्काजस्तै गरेका थिए।
खेलको ६५ औं मिनेटमा ब्रिंघटनका लागि काओरु मिटोमाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि ७१ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै खेल ४–१ को अवस्थामा पुर्याएका थिए।
खेलको ७७ औं मिनेटमा बिंघटनका इभान फर्गुसनले गोल गरे। खेलमा थप गोल हुन सकेन र आर्सनलले महत्वूर्ण तीन अंक हात पार्यो। यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले १६ खेलबाट ४३ अंक हात पारेको छ। आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा स्पष्ट ७ अंकले अगाडि छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
खेलको २४ औं मिनेटमा एर्लिङ हालान्डको गोलमा अग्रता लिएको सिटीले अन्तिम समयसम्म आफ्नो अग्रता भने बचाइराख्न सकेन।
खेलको ६४ औं मिनेटमा एभर्टनका लागि डेमराइ ग्रेले गोल गरेका थिए। खेलमा थप गोल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ