मङ्लबार, असार २४, २०८२

हरि चुमान बने गण्डकी प्रदेश माओवादी संसदीय दलको नेता


कान्तिपथ


नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ। आइतबार बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरिएको बताइएको छ।

दलको नेता छान्न केन्द्रीय सदस्यसहित प्रदेश कमिटीको बैठक शनिबारदेखि जारी थियो। कृष्णप्रसाद धितालको दाबी रहे पनि उनले दाबी छाडेसँगै चुमान दलको नेता सर्वसम्मत चयन भएका हुन्।

तनहुँ १ (ख) बाट निर्वाचित चुमान अघिल्लो पटकको पनि दलको नेता हुन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए। चुमान माओवादी केन्द्रका महासचिव देव गुरुङ निकट मानिन्छन् ।

गोरखा १ (ख) बाट निर्वाचित धिताल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट सांसद हुन्। दलको नेता नभएका धिताल गण्डकीको सभामुख बन्ने सम्भावना छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत