काठमाडौँ, पुस १७ गते । इश्वी सम्वतको नयाँ वर्ष २०२३ विश्वभर धुमधामका साथ मनाइएको छ । यस वर्षलाई सबैभन्दा पहिला प्रशान्त महासागरमा रहेको किरिबाटी देशले स्वागत गरेको छ । त्यसको एकघण्टापछि छिमेकी देश न्यूजिल्याण्डले स्वागत गर्याे । र, अष्टेलियाका विभिन्न शहरहरुले नयाँ वर्षको स्वागत गरे ।
नयाँ वर्षको समय जसरी प्रशान्त महासागर हुँदै एसिया, युरोप, अफ्रिका हुँदै अमेरिकासम्म पुग्दा विभिन्न देशहरुमा प्रत्यक्ष साङ्गितिक कार्यक्रमहरु, आतेसबाजी र शहरभर झिलिमिल्ली पारिएको थियो ।