शुक्रबार, अशोज १८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • चुनावमा अन्तर्घातको आरोपमा कांग्रेस केन्द्रिय सदस्यलाई कारबाही सिफारिस

चुनावमा अन्तर्घातको आरोपमा कांग्रेस केन्द्रिय सदस्यलाई कारबाही सिफारिस


कान्तिपथ


चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भइसकेको केन्द्रीय अनुशासन आयोगले जनाएको छ ।

केन्द्रीय कार्यालयले सुरुमा पुस १५ सम्मको समय दिएको थियो । सोही अवधिमै काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको छ । दोलखाबाट पनि कारबाहीका सिफारिस हुनुअघि नै केन्द्रमा उजुरी परेको छ ।

दोलखाका कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि कारबाहीको माग गरेका छन् । जिल्ला कार्य समितिको समीक्षा बैठकमा उनले कारबाहीको सिफारिस गर्न लागेपछि झण्डै झडप समेत भएको थियो । लामाले शिवाकोटीमाथि अन्तर्घात गरेर आफूलाई प्रदेश सभा सदस्यमा पराजित गरेको आरोप लगाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत