सोमवार, असार २, २०८२

सबै मन्त्रालयका सचिवसँग बस्दै प्रधानमन्त्री प्रचण्ड


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

उनले बधाई तथा शुभकामनाका लागि समय माग नगर्न बरु सरकारको कामलाई प्रभावकारी कसरी बनाउने भनेर सचिवालय मार्फत सुझाव दिन आग्रहसमेत गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत