शनिबार, अशोज १३, २०८०

विभिन्न आपराधिक कार्यमा संलग्न आठ जना सार्वजनिक


कान्तिपथ


बाँके, पुस १८ गते । नेपाल प्रहरीले विभिन्न आपराधिक कार्यमा संलग्न आठजनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हाे । 

नेपालगञ्जको गणेशपुरमा आइतबार दिउँसो नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगञ्ज ३ का शुभम शाहलाई खुकुरी प्रहार गरी फरार रहेका चारजनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । 

सो घटनामा संलग्न नेपालगञ्ज १८ का विनय भण्डारी, ६ का तासे भन्ने प्रकाश थापा, राप्ती–सोनारी २ का नारायण डाँगी र बैजनाथ ५ का प्रकाश रसाईली भन्ने तुलसीराम सुनारलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । घटनालगत्तै फरार रहेका चारैजनालाई डुडुवा गाउँपालिका २ को दासपुरबाट नियन्त्रणमा लिइएको डिएसपी मगरले बताउनुभयो । घटनामा प्रयोग भएको दुईथना खुकुरी र भारतीय नम्बर प्लेटको युपी ३२ ईयू ८६१६ नम्बरको कार बरामद गरिएको छ । 

“प्रारम्भिक अनुसन्धानका क्रममा दुई समूहबीचको ईगोको आधारमा घटना भएको देखिन्छ,” डिएसपी मगरले भन्नुभयो,– “थप अनुसन्धान जारी छ ।’’

प्रहरीले दिएको जानकारीअनुसार अङ्ग्रेजी नयाँ वर्षको साँझ नेपालगञ्जको कारकादौंस्थित स्टारलाईट होटलमा खुकुरी प्रहारबाट घाइते भएका अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूहबीचमा वादविवाद र झगडा भई थापाको टाउकोमा चोट लागेको थियो । 

सोही घटनाको बदला लिने उद्देश्यले शाह समेतमाथि योजना बनाई खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । दुबै समूह फरक–फरक राजनीतिक पृष्ठभूमि भएको प्रहरीले जनाएको छ । यसैबीच, नेपाल तरुण दल बाँकेले घटनामा संलग्नहरुलाई कडा कारवाहीको माग गरेको छ । 

यसैबीच, पुस १४ गते बिहान नेपालगञ्जस्थित जयन्दु बाल सुधार गृहको भेन्टिलेसन तोडेर फरार चारजनालाई प्यूठानको नौबहिनी गाउँपालिका ४ बाट पक्राउ गरिएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत