मङ्लबार, माघ २९, २०८१

एकताको तयारीमा दुई समाजवादी पार्टी


कान्तिपथ


नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता गर्न छलफल भएको छ। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफूहरू छलफलमा रहेको पत्रकारहरूलाई बताए।

एकीकृत समाजवादीको आज पोलिटब्यूरो बैठक चलिरहेको छ। केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले जसपासँग छलफल भइरहेको बताए। जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल गरेको प्रतिक्रिया दिएको उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत