बुधबार, माघ २८, २०८२

आफै मन्त्रालय नगएका श्रेष्ठको उर्दी : १० बजे अफिस नआए तलब काट्छु !


कान्तिपथ


उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कामचोर कर्मचारीलाई लगाम लगाउने भएका छन् । उनले हरेक बिहान १० बजे हाजिर भएर कार्यालय समयमा काम नगर्ने कर्मचारीलाई कडाइ गर्ने भएका हुन् । श्रेष्ठ आफै भने वरियतामा चित्त दुखाएर केहि दिन यता मन्त्रालय गएका थिएनन् ।

मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् । सोमबार केही सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने भन्दै ढिलो आएर काम छल्ने र मनपरी गर्न खोज्नेको त्यो दिनको तलब काटिने बताए ।सुशासनलाई प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई प्राथमिकता दिन पनि भनिएको जानकारी दिए ।

यसैबीच मन्त्रालयसँग सम्बन्धित फाइल कहाँ गएर अड्कियो भनेर डिजिटलरुपमा हेर्ने व्यवस्था पनि मिलाइएको छ । आफूले पाएको मन्त्रालयको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन आफू हरतरहले लाग्ने श्रेष्ठको भनाइ थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत