बुधबार, माघ २८, २०८२

कालिकोटका महिलाहरूलाई जीविकोपार्जन तालिम


कान्तिपथ


कालिकोट पुस १९ गते । कालिकोटको तिलागुफा नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर गराउन विभिन्न सिपमूलक तालिम दिन सुरु गरेको छ । नगरपालिका भित्रका ११ वटा वडामा फरक फरक तालिम प्रदान गरेर विपन्न परिवारलाई जीविकोपार्जनमा सहयोग गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । 

नगरपालिका उपप्रमुख महेन्द्रवहादुर शाहीले वडा नं १ देखि वडा नं ११ का विपन्न परिवार, दलित, अपाङ्ग तथा एकल महिलाहरूको क्षमता विकास गरी रोजगारी सृजना गरी गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम दिन सुरु गरिएको बताउनुभयो । तालिमका लागि नगरपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । उहाँले सोमवार मात्र वडा नम्बर २ को रतडामा १५ जना महिलालाई सिलाई कटाई तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

वडा नं ४ का १२ जनालाई पनि सिलाई कटाइको तालिम दिन सुरु गरिएको छ । उघोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सशर्त अनुदान तथा तिलागुफा नगरपालिका उघोग विकास शाखाको आयोजनामा तालिम सञ्चालन भइरहेको  लघु उद्यम शाखा प्रमुख परेक शाहीले बताउनुभयो । यसै बिच वडा नं १० का विपन्न परिवारका सदस्यलाई स्थानीय जडीबुटी चिया उद्योगका लागि तालिम प्रदान गरिने छ भने त्यस क्षेत्रमा भेडाच्यांग्रा धेरै हुने भएकाले उनका राडी पाखी उत्पादन गर्ने तालिम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत