शनिबार, माघ २६, २०८१

एकीकृत समाजवादीको बैठक आज पनि बस्दै


कान्तिपथ


हिजोदेखि सुरु भएको नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज मंगलबार पनि बस्दै छ । शनिबार र आईतबार स्थायी कमिटी बैठक बसेको थियो । त्यसपछि सोमबारबाट पोलिटब्यूरो बैठक बसिरहेको हो। आजको बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय आलोकनगरमा सुरु हुने जनाइएको छ ।

बैठकमा पार्टी वर्तमान सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । यसअघिको स्थायी कमिटीले पनि पार्टी सरकारमा जाने वा नजाने विषय टुंगो लगाउन नसकेपछि पोलिटब्यूरो बैठक बोलाइएको हो ।

सोमबारको बैठकमा पनि सरकारमा जाने विषयमा नेताहरु दुई धारमा प्रस्तुत भएका थिए । केही नेताहरुले सरकारमा गएर जनताको सेवा गर्नुपर्ने बताउँदै आएका छन् भने केही नेताहरुले बाहिरबाटै खबरदारी गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजवादी जनता समाजवादीसँग पार्टी एकताको तयारीमा रहेको पनि बुझिएको छ । जसका लागि छलफल जारी रहेको नेताहरुले खुलाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत