बुधबार, माघ २८, २०८२

प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि उनले निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार पहिलो पटक सरकारको कामकारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग छलफल गरेका थिए । सचिवहरुका कार्यविवरण सुनिसकेपछि उनले आज आवश्यक निर्देशन दिन लागेका हुन् ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । त्यस्तै प्रधानमन्त्रीमा नियुक्त भएको भालिपल्ट प्रचण्डले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।

खासगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र लगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने विषयलाई प्रधानमन्त्रीले जोड दिएका छन् । सोही विषयको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका थिए । अझै केही सचिव र विभागका प्रमुखले आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।

बाँकी रहेका सचिव र विभागको विवरण आज प्रस्तुत हुने र लगत्तै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत