बुधबार, माघ २८, २०८२

‘नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ छ’ : सचिन तिमिल्सेना


कान्तिपथ


नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आरोप लगाएका छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा फिक्सिङ भएको तिमिल्सिनाले बताएका हुन् ।

‘मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिएन । सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो । मलाई क्यान नै लागेपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो । तर, यसमा भएन,’ सचिनले भने ।

सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए । ‘खेलको पुरै फिक्सिङ छ । यसले खेलको रिजल्टमा कुनै असर पार्दैन । तर, खेलको बीचमा हुने क्रियाकलपमा भने असर पर्छ,’ उनले भने ।

आज नै जारी प्रतियोगितामा पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा खेल टस नहुँदै खेल अन्योलमा परेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत