बुधबार, माघ २८, २०८२

स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला सभापतिलाई कारबाही


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पार्टी केन्द्रले कारबाही गरेको छ। रास्वपा केन्द्रीय समितिका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आइतबार राजकुमार न्यौपानेलाई पत्र पठाउँदै पार्टीको जिल्ला सभापतिका रूपमा काम नगर्न निर्देशन दिएका हुन्।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा न्यौपानेका क्रियाकलाप र आचरणका विषयमा जिल्लास्थित पार्टीका विभिन्न तहका पदाधिकारीको गुनासो, उजुरी तथा कारबाही मागका आधारमा आवश्यक छानबिन, अनुसन्धान गरी अन्तिम निक्र्याेल नभएसम्म पदीय हैसियतले कुनै गतिविधि, कार्यमा संलग्न नहुन भनिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत