बिहिबार, साउन ३, २०८१

भेडेटार फुड फेस्टिभल सम्पन्न


कान्तिपथ


धनकुटा । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको दशौँ भेडेटार फुड फेस्टिभल सम्पन्न भएको छ ।

भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको महोत्सवमा ५० लाखको आर्थिक कारोबार भएको आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । नयाँ वर्षलाई लक्षित गरी पौष १६ गतेदेखि सञ्चालित फेस्टिभलमा विभिन्न जातीय खाना, घरेलु उद्योगका सामग्रीहरु, फलफूल, पेय पदार्थ र मासुमा पर्यटकहरू बढी आकर्षित भएको होटल एसोसिएसन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिनुभयो ।

आन्तरिक तथा बाह्य गरी १० हजार भन्दा बढी पर्यटकले फेस्टिभलको अवलोकन गरेको आयोजकको भनाई छ । जसमा ५ हजार बढी भारतीय पर्यटक रहेको आयोजकले जनाएको छ ।

फेस्टिभलमा आएका पर्यटकहरूले नाम्जे, थुम्की, आत्मा बस्ने घर, साँगुरीगढी, पाथीभरा मन्दिर, बौद्ध विहार गुम्बा लगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत