बिहिबार, साउन ३, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • यातायात कार्यालयमा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको अनुगमन र निरीक्षण 

यातायात कार्यालयमा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको अनुगमन र निरीक्षण 


कान्तिपथ


काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन, निरीक्षण र छड्के जाँच गर्नुभएको छ ।

अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणका गुनासा सुन्दै अन्तरक्रिया समेत गर्नुभएको उहाँकाे सचिवालयले जानकारी दिएकाे छ । साथै उहाँले सेवालाई प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन पनि दिनुभएको छ ।

सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहिकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाँले बताउनुभयो ।

एकान्तकुनाको अनुगमनपछि उहाँ यातायात कार्यालय ठुलो भर्‍याङ र गुर्जुधारामा समेत पुगी अनुगमन र निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत