शुक्रबार, जेष्ठ ३०, २०८२

पुनर्वासका किसानहरू वन्यजन्तुबाट पीडित


कान्तिपथ


कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सिताबस्तिमा जङ्गली हात्तीसँगै वन्यजन्तुको आतङ्क सुरु भएको छ । भारतीय सीमासँग जोडिएको पुनर्वास नगरपालिका ९ सिताबस्तिमा हरेक वर्षझैँ यस वर्ष पनि जङ्गली हात्ती तथा अन्य वन्यजन्तुले वितण्डा मच्चाउन सुरु गरेका छन् । 

भारतीय दुधुवा नेसनल पार्कबाट भित्रिएका जङ्गली हात्ती, नीलगाई, चित्तल लगायत वन्यजन्तुले सो क्षेत्रका एक दर्जन बढी किसानहरूको गँहुबाली र उखु बाली खाएर साथै कुल्चिएर नोक्सान गरेपछि स्थानीयहरू आतङ्कित हुन थालेका छन् । वन्यजन्तुले पचासौँ बिगाहा लगाइएको गँहुबाली तथा उखु बाली पुर्णरूपमा नोक्सानी गरेको छ भने वन्यजन्तु बस्तीमा पस्न थालेपछि स्थानीयहरू आतङ्कित हुन थालेका हुन् ।

पुनर्वास नगरपालिका ९ सिताबस्ति स्थित नेपाल भारत सीमा स्तम्भ १८६ पिलर नजिक भारतीय दुधुवा नेसनल पार्कबाट वर्षेनी भित्रिने गरेका जङ्गली हात्तीले उम्रिएर पाक्ने बेलासम्म नोक्सानी गर्ने गरेको दुधुवा निकुञ्ज वन्यजन्तु सङ्घर्ष समिति सदस्य पदम परियारले बताउनु भयो । जङ्गली हात्ती बस्तीमा पस्न थालेपछि हात्तीबाट बालीसँगै परिवारलाई जोगाउन रातभरि जाग्राम बस्नुपरेको पीडित धनु सुनारले गुनासो गर्नुभयो । बाली लगाएपछि हात्ती मात्रै नभई नीलगाई, चित्तल, बँदेलले पनि निरन्तर नोक्सान गर्ने गरेको स्थानीय सूर्य विकको भनाइ छ । 

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको आफ्नै वडा रहेको वडा नम्बर ९ का किसानको बाली जोगाउन स्थानीय तहको के कस्तो पहल हुनसक्छ भनी नगर प्रमुख शर्मासँग सम्पर्क गर्दा बाली अनुगमन गरी क्षतिपूर्तिका लागि प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्ने नगर प्रमुख शर्माको भनाइ छ । विद्युतीय तार जालीका लागि स्थानीय तहको बजेटले नभ्याउने र  वन्यजन्तु पीडित सङ्घर्ष समितिले नै पहल गर्नु पर्ने  नगर प्रमुख शर्माको धारणा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत