बिहिबार, साउन ३, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • अर्घाखाँचीमा दूध लिन घर बाहिर निस्किएकी महिलाको हत्या, भारतीय नागरिक पक्राउ

अर्घाखाँचीमा दूध लिन घर बाहिर निस्किएकी महिलाको हत्या, भारतीय नागरिक पक्राउ


कान्तिपथ


अर्घाखाँची– अर्घाखाँचीमा ६० वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार आइतबार शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापा स्थानीय सिद्धारा बोखोरस्थित जंगलमा मृत फेला परेकी थिइन्। टाउकोमा गहिरो चोट लागेको अवस्थामा थापाको शव भेटिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। 

अनुसन्धानको क्रममा प्रहरीले  बिहान  शितगंगा नगरपालिका-१० बोरखोर बस्दै आएका भारतको हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार पक्राउ गरेको हो। 

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगा नगरपालिका-११ मुन्द्रीबासस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। 

प्रहरीका अनुसार आइतबार राधा दूध लिन भन्दै घर बाहिर निस्किएकी थिइन्। दूध लिन गएकी राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाइ सिंहले ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। 

पक्राउ परेका सिंहविरुद्ध जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत