शनिबार, साउन ५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • न्युजिल्याण्ड पठाउँछु भन्दै ह्वाट्सएप मार्फत ठगि : ३ लाख मागेर फरार !

न्युजिल्याण्ड पठाउँछु भन्दै ह्वाट्सएप मार्फत ठगि : ३ लाख मागेर फरार !


कान्तिपथ


न्युजिल्याण्ड पठाउँछु भन्दै ह्वाट्सएप मार्फत पोखराका एक व्यक्ति ठगिएका छन् । यसरी ठगिनेमा पोखरामा सन्तोष क्षेत्री रहेका छन् । सन्तोषले केहि दिन पहिले भिसा सर्विस नामको एक फेसबुक आईडीमा वैदेशिक रोजगारीको अवसर लेखिएको विज्ञापन देखे ।

उक्त विज्ञापनमा न्युजिल्याण्डको होटलमा काम मिल्ने, प्रोसेस टाईम २० दिन हुने र १० दिन मै भिसा आउने आकर्षक नारा थियो । पाँच लाख जम्मा लागतमा सबै काम सकिने देखेपछि पोखराका सन्तोष हौसिए । विज्ञापनमा इच्छुक व्यक्तिले सिधा ९८०८९२९७३५ को ह्वाट्सएपमा सम्पर्क गर्न भनिएपछि सन्तोषले त्यसै गरे ।

ह्वाट्सएपमा सन्तोषसँग कुरा गर्ने व्यक्तिले आफ्नो अफिस रौतहटको चपुर (चन्द्रनिगाहपुर) को एनआईसी बैंक पछाडी रहेको बताएका छन् । उनले अफिसको नाम डाईनामिक ग्लोबल ओवरसिज रहेको पनि बताए । भिसा प्रोसेसको लागि उनले अब सन्तोषसँग पैसा माग्न थाले । सन्तोषलाई एनएमबी बैंकमा रहेको महेश विकको खाता नं ०१४०१८५६५२१०००१४ मा १५ हजार हाल्न भनियो ।

ह्वाट्सएपमा कुरा गरिरहेका व्यक्तिले महेश आफ्नो पार्टनर भएको बताए । सन्तोषले आनाकानी गर्न थालेपछि ह्वाट्सएपका व्यक्तिले प्रमाणका लागि भन्दै आफ्नो नागरिकता र पासवर्डको फोटो पठाए । नागरिकतामा भएका व्यक्ति भक्तपुरको दुवाकोट ६ का संजय श्रेष्ठ हुन् ।

ह्वाट्सएपमा बोल्ने व्यक्ति र नागरिकतामा भएका व्यक्ति एकै हुन् कि हैनन् भन्ने एकिन हुन सकेको छैन । आफु जस्तै ठगिएको अर्को कुनै व्यक्तिको कागजात पठाएको हुन सक्ने सन्तोषको आशंका छ । पुस ३ गते भिसा आउँछ भनेर पर्खेर बसेका सन्तोषले बल्ल आफु ठगिएको हुन सक्ने लख काटेका छन् । इलाका प्रहरी कार्यालय, चपुरले भने आफुहरुले उक्त नामको अफिस भए/नभएको खोजिरहेको बताएको छ । ह्वाट्सएपमा दिईएको नम्बरमा कान्तिपथले सम्पर्क गर्दा फोन उठेन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत