शनिबार, मंसिर १६, २०८०

प्रियंकाकी सासु मौरिससमा ब्वाईफ्रेण्डसँग मस्त !


कान्तिपथ


मेघा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएको एक सातामा आफ्नो प्रेमी सार्वजनिक गरेकी रवीना देशराज श्रेष्ठ अहिले बिदा मनाउन अफ्रीकी महाद्वीप तट मौरिसस पुगेकी छन् ।

कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत रहेकी रवीनाले पुष १५ गते बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिएका स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नाम गरेका एक विदेशी नागरिकको प्रेममा रहेको खुलासा गरेकी रवीना त्यसपछि प्रेमीसँगका तस्बिरहरू शेयर गरिरहेकी छन् । उनले अफ्रिका विभिन्न स्थानहरूमा भ्रमण गरेका तस्बिरहरू शेयर गरेकी छन् ।

केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै रवीनाका श्रीमानले डिभोर्स दिएका थिए । त्यसपछि उनी एक्लै छिन् । मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो । तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत