बिहिबार, साउन ३, २०८१

स्कारपियोले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु


कान्तिपथ


बारा । स्कारपियोले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृतयु हुनेमा बारा जितपुरसिमारा उपमहानगरपालिका १६ ४० वर्षका राजेन्द्र माझी रहेका छन् ।

बिहीबार बिहान टाँगिया बस्तीबाट पिलुवातर्फ जाँदै गरेका प्र२–०३–००२ प ४५८७ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च ४४१३ नम्बर स्कारपियोले ठक्कर दिँदा माझी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको क्रममा सिमरा स्थित अल्पाइन अस्पताल पुरायएकोमा त्यही मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटी पछाडि सवार सोही ठाउँ निवासी सोनिया योनजनको खुटामा चोट लागेको छ भने जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ कै साइकल चालक बर्ष २८ का रुपा आलेलाई पनि स्कारपियोले ठक्कर दिँदा उनको खुटामा समेत चोट लागेको छ । घाइते दुबै जनाको अल्पाइन हस्पिटलमा नै उपचार भइरहेको प्रहरी प्रवक्तता थापाले बताउनुभयो । गाडी प्रहरी नियन्त्रणमा रहेको छ ।

त्यसै गरि बुधवार पनि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ जगदम्बा फैक्ट्री अगाडी ना २० प ७१६४ नम्बर मोटरसाईकलाई ना ७ ख ४२३७ नम्बर टेलेरले ठोक्र दिँदा नाम नखुलेको एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो । ठक्कर दिने गाडीका चालक परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनी बस्ने सर्फुु आलमलाई नियन्त्रणमा लिई घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत