नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणमा निधि बिहीबार दिल्ली पुगेका हुन् । भाजपाले नेपालको पछिल्लो राजनीतिक अपडेट लिन निधिलाई दिल्ली बोलाएको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने निधिको प्रयास असफल भएको थियो ।
देउवाको दूतको रूपमा उनले बालकोट र खुमलटारमा संवाद गरेका थिए । निधिकै भर पर्दा देउवाको छैठौंपटक प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको चर्चा कांग्रेसभित्र छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग पहिलाे चरणमा काे प्रधानमन्त्री बन्ने भन्नेमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस नेतृत्वकाे गठबन्धन भत्काएर एमाले लगायतका दलकाे समर्थन जुटाउँदै प्रधानमन्त्री बनेका छन् ।
उनले २६ पुसमा विश्वासकाे मत लिँदैछन् । कांग्रेसले प्रचण्डलाई विश्वासकाे मतबाट राेक्ने रणनीति बुनिरहेका बेला निधिकाे दिल्ली भ्रमणलाई अर्थपूर्ण मानिएकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ