बिहिबार, साउन १०, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न एर्दोगानको पुटिनसँग आग्रह

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न एर्दोगानको पुटिनसँग आग्रह


कान्तिपथ


इस्तानबुल, टर्की। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गर्नुभएको छ ।

“राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम र निष्पक्ष समाधानका लागि दृष्टिकोणद्वारा समर्थन गर्नुपर्ने बताउनुभएको छ,” एर्दोगानलाई उद्धृत गर्दै उहाँको कार्यालयले जनाएको छ ।

एर्दोगानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बिहीबार टेलीफोन वार्ता गर्ने कार्यक्रम तय गरिएको छ । टर्कीका नेताले मस्को र कीभ दुवैसँगको आफ्नो राम्रो सम्बन्धलाई युद्ध अन्त्यका लागि मध्यस्थता गर्न प्रयोग गर्नुभएको छ ।

टर्कीले दुई चरणको शान्ति वार्ताको मध्यस्थता गर्दै संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा ब्ल्याक सी हुँदै खाद्यान्न आपुर्तिलाई सहज बनाउने सम्झौता गर्न दुवै पक्षलाई सहयोग गरेको थियो ।

एर्दोगानले पुटिन र जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलन गर्न टर्की ल्याउने प्रयास पनि गर्नुभएको छ ।

रुसका आध्यात्मिक नेता प्याट्रिआर्क किरिलले यसै साता अर्थोडक्स क्रिसमस युद्धविरामका लागि प्रस्ताव गरेपछि एर्दोगानले युद्धविरामको आह्वान गर्नुभएको हो ।

एर्दोगानले रुसमाथि पश्चिमा प्रतिबन्धमा सामेल हुन अस्वीकार गरेर र युद्धको समयमा द्विपक्षीय व्यापार बढाउन अस्वीकार गरेर पुटिनसँग राम्रो सम्बन्ध कायम राख्न सफल हुनुभएको छ ।

दुई नेताले अब टर्कीमा एक प्राकृतिक ग्यास भण्डारण केन्द्र स्थापना गर्ने अस्थायी योजना बनाएका छन् जसले रूसलाई युरोपलाई ईन्धन आपूर्ति गर्ने वैकल्पिक तरिका प्रदान गर्न सक्दछ ।

एर्दोगानको कार्यालयले टर्कीद्वारा प्रस्तावित ग्यास भण्डारण केन्द्रको ‘पूर्वाधार निर्माण’लाई बलियो बनाएको छ र यसलाई आगामी दिनमा थप बलियो बनाउन पहल जारी राख्ने’ बताउनुभएको छ ।

एर्दोगानको कार्यालयले भनेको छ, “दुवै नेताले यो परियोजना जतिसक्दो चाँडो कार्यान्वयन हुने विश्वास गरेका छन् ।”सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत