बिहिबार, साउन ३, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश,

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश,


कान्तिपथ


सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरे सँगै उनको सांसद पद यथावत रहने भएको छ ।

अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागेपनि फेरी नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको ले हाल लाई उनलाई राहत मिलेको छ ।

सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि तत्कालका लागि उनको सांसद पद यथावत रहने भएको हो ।

संसद पद संगै उनको उपप्रधान र गृहमन्त्री पद समेत बरकरार रहनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत