बुधबार, माघ ३०, २०८१

एक भोटले जितेका वडा अध्यक्षलाई संकट : पुन मतगणनाको आदेश


कान्तिपथ


नेकपा एमालेका उम्मेदवार केवल १ मतान्तरले विजयी भएको सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मत गणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ।

हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि सम्पन्न निर्वाचनको यसअघिको मतगणना रद्द गरी पुनः गणना गर्न शुक्रबार उच्च अदालतले आदेश दिएको रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

विजयी कार्कीले ३ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए। नेपाली कांग्रेसले त्यतिबेलै धाँधली गरेर आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको थियो।

वडाध्यक्षमा १ मतान्तरले पराजित थापाले पुनः मत गणना माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। थापाले अन्तरिम आदेशको मागसहित रिट दायर गरे पनि अदालतले एकैचोटि पुनः मत गणनाको आदेश दिएको हो।

अब निर्वाचन कार्यालय सर्लाहीबाट मतपत्र झिकाएर उच्च अदालत जनकपुरमै पुनः गणना गरिने रजिस्ट्रार अधिकारीको भनाइ छ। न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन – ७ को वडाध्यक्षका लागि पुनः मत गणना गर्न आदेश दिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत