शनिबार, साउन ५, २०८१

न्युनतम साझा कार्यक्रममा सहमति : विश्वासको मत पक्का


कान्तिपथ


उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको न्युनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा अर्थमन्त्री पौडेलले ओलीलाई साझा कार्यक्रमको प्रतिवेदन बुझाएका हुन्।

प्रधानमन्त्री प्रचण्डसहितको उपस्थितिमा न्युनतम साझा कार्यक्रम बुझाइएको सचिवालयले जनाएको छ।

प्रतिवेदन बुझाउने कार्यक्रममा गृहमन्त्री रवि लामिछाने, माओवादी उपमहासचिव वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष सिके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल लगायतको उपस्थिति थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत