शनिबार, चैत्र १८, २०७९

गाउँमा प्लेन आउँदा नगरपालिकामा ताला !


कान्तिपथ


गुल्मीको रेसुंगा विमानस्थलमा आइतवार ‘डेमो फ्लाइट’ हुने भएको छ। तारा एयरको ट्विनअटर जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा उडान भर्ने भएको हो।

रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि ‘डेमो फ्लाइट’ हुन लागेको हो। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तारा एयरलाई अनुमति प्रदान गरेको छ।

‘डेमो फ्लाइट’का लागि क्यान र तारा एयरलाइन्सबिच रेसुंगा नगरपालिकाको तर्फबाट सम्झौता भएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए। विमानस्थलमा आवश्यक सुरक्षा व्यवस्था, विमानस्थलसम्म पुग्ने सडक लगायतको तयारी पूरा भएको उनले बताए।

आइतवार बिहान ११ बजे तारा एयरको जहाज रेसुंगा विमानस्थलमा अवतरण गर्नेछ। उक्त जहाज काठमाडौंबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ। गाउँमा प्लेन आउँदा नगरपालिका बन्द गरिएको छ ।

जहाज विमानस्थलमा करिब एक घण्टा रहनेछ। विमानमा गुल्मी-१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, गुल्मी-२ बाट निर्वाचित सांसद गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसमेत सवार हुने बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत