मङ्लबार, माघ २९, २०८१

चिनियाँ नयाँ राजदुत काठमाडौँमा : लिन को को पुगे ?


कान्तिपथ


नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आज नेपाल आइपुग्दै छन् । उनी बिहान ११ बजेर ५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम उत्रिने तालिका रहेको बताइएको छ ।

होउ यान्छीको फिर्तीपछि चीनले सोङलाई राजदूतका रूपमा नेपाल पठाएको हो । एअर चाइनाको नियमित उडान नम्बर सीए ४३७ बाट छेन्दु हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

परराष्ट्रका डेपुटी चीफ प्रोटोकोलसहित राजदूत छनको स्वागतमा दूतावासका आधा दर्जन कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुग्ने तालिका छ । कार्यवाहक राजदूत वाङ सिन,कमर्सियल हेर्ने सि यु,डिफेन्स एट्याची कर्णेल लिउ कोचङ,पोलिटिकल सेक्रेटरी यु पङचङ,प्रथम सचिव चाङ ख, नेपाली बोल्ने लिउ बोवेन र तृतीय सचिव लिउ चे पनि छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत