बिहिबार, साउन १०, २०८१

चलचित्र “ह्यारी की प्यारी” को ट्रेलर सार्वजनिक (भिडियो)


कान्तिपथ


फिल्म ‘ह्यारी कि प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ   l युट्युब च्यानल ओएस आर डिजिटल मार्फत फिल्मको ट्रेलर रिलिज गरीएको हो । कपिल रिजालको निर्देशन रहेको फिल्ममा पहिलो पटक कलाकार जितु नेपाल र नायिका साम्राज्ञी शाहले जोडी बाधेका छन् l फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारी बनेकी छिन्  । निर्देशक रिजालकै कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्म रोमान्टिक कमेडी विषयमा बनेको छ l 

माघ २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ ।

डा. कपिल रिजालको पस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।

दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत