बुधबार, साउन २, २०८१

सरकारले ढुक्कसँग विश्वासको मत पाउँछ : अध्यक्ष ओली


कान्तिपथ


पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई ‘आजै बधाई दिन चाहन्छु’ भन्दै बधाई दिएका थिए। उनले देशमा विभिन्न समस्या रहेको भन्दै चुनौती रहेको विषय प्रधानमन्त्रीलाई स्मरण गराएका थिए। ‘सहज परिस्थिति छैन’, उनले भने।

उनले देशले नयाँ परिवर्तन खोजेको बताए। उनले त्यसको संकेत निर्वाचनपछि जसरी बनेको, अघिल्लो सरकारका केही महिना र निर्वाचनअघि र पछिका समयमा देखिएको बताए।

ओलीले अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले अहिलेको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा पुगेकाले सरकारलाई काम गर्न सहज नभएको बताए उनले निर्वाचनपछि बनेको सरकारका लागि धेरै काम गर्नुपर्ने चुनौती रहेको बताए।

राजस्व असुली ‘पहिलोपटक ऋणात्मक’ भएको उल्लेख गर्दै ओलीले यस्तो विगतमा नभएकाले यो गम्भीर अवस्था भएको बताए।

‘विदेशिक मुद्राको सञ्चिति कम हुँदै गएको र निर्यात गर्न सक्ने अवस्था छैन। आयात गर्नका लागि डलर सञ्चिति नधान्ने अवस्थामा पुगेको छ। महङ्गी बढेको र जनजीवन कष्टकर भएको छ,’ उनले भने, ‘यी सबै कुरालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने जिम्मेबारी बोकेर प्रतिनिधि सभा अघि बढ्नुपर्ने अवस्था छ।’

उनले अहिलेको सरकारको धेरै ठूला जिम्मेवारी रहेको भन्दै देशको राजनीति ठिक ढङ्गले र लोकतान्त्रिक रुपले देश विकासमा अग्रसर हुनुपर्ने अवस्था रहेको बताए। उनले लोकतन्त्रको रक्षा र विकासमा अग्रसर हुनुपर्ने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत