शनिबार, मंसिर १६, २०८०

नेपाली बजारमा १९ मिनेटमै फुल चार्ज हुने, १६ जीबी र्‍याम भएको ‘वनप्लस टेन टी’ आउँदै


कान्तिपथ


 वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले आउँदो जनवरी १३ अर्थात् पुस २९ गते ‘वनप्लस टेन टी’ (Oneplus 10T) १६ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

वनप्लस टेन प्रो को जस्तै डिजाईन रहेको यस फ़ोनको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । पुस २९ मा नेपाली बजारमा उपलब्ध हुने यस फोन को प्रमुख बिशेषता यसको चार्जिङ प्रविधि हो । यो फोनमा ४८०० एमएएच क्षमताकाे ब्याट्री दिइएकाे छ, जसअन्तर्गत १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ ।

वनप्लसका अनुसार यसमा स्मार्टफोन बजारमै सबैभन्दा ठूलो र आधुनिक कुलिङ प्रविधि राखिएको छ, जसले गर्दा फोनमा हरेक चिज सहज तरिकाले चलाउन सकिनेछ । फोनको अगाडि भागमा ६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको छ । जसले ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्दछ ।

फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीचतिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

नेपाली बजारमा १६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो स्मार्टफोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत