बिहिबार, साउन १०, २०८१

मधेशको मुख्यमन्त्रीमा सरोज यादव पक्कापक्की


कान्तिपथ


जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउतले पनि दाबी गरेका थिए ।

दुवै नेताको मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मत भएको हो । बारा १ (२) बाट निर्वाचित यादव निवर्तमान सभामुखसमेत हुन् ।

दलका नेता बनेसँगै उनी नै मधेशको मुख्यमन्त्री बन्ने पनि निश्चित भएको छ । सातदलीय गठबन्धनको आलोपालो सहमतिमा पहिलो चरणमा जसपालाई मधेसको नेतृत्व दिने सहमति भइसकेको छ ।

मधेस प्रदेशमा जसपाका १६ सांसद छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत