शनिबार, साउन ५, २०८१

दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक


कान्तिपथ


काठमाडौं : मंगलवार बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ। मंगलवार बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय गर्न दलहरु छलफलमा रहेका छन्।

नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

त्यस्तै, नेपाली कांग्रेसले पनि यसबारे निर्णय गर्न बैठक बसिरहेको छ। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा मंगलवार बसेको पदाधिकारी बैठकमा सरकारलाई विश्वासको मत दिनेबारे छलफल गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत