बिहिबार, चैत्र ६, २०८१

हुलास स्टिलको प्रदूषणको कारण स्थानीयहरू आजित, सात दिनभित्र माग पुरा नभए आन्दोलन गर्ने 


कान्तिपथ


बारा । बाराको  जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१  स्थित हुलास स्टिलको प्रदूषणको कारण स्थानीयहरू आजित भएका छन् । 

स्थानीयहरू हुलास स्टिलको प्रदूषणबाट छुटकारा दिलाउन उपमहानगरपालिकाको कार्यालयमा डेलिगेसन गएका थिए । हुलास स्टिलले बारम्बार प्रदूषण नियन्त्रण गर्न सम्झौता गर्ने तर व्यवहारमा नउतार्दा आफूहरू  आफूहरू आजित भएको वडा अध्यक्ष हिरा बहादुर गुरुङले बताउनुभयो । 

प्रदूषणका कारण वरिपरिका वातावरणहरू दूषित भइरहेको, आँखा सम्बन्धी विभिन्न रोगहरू देखापरेको, मेसिनको ठुलो आवाजले घरहरू चर्किने गरेको, एक अर्कासँग कुरा गर्दा नसुनिने गरेको, कपडा सुकाउन राखिएको कपडामा छाईहरू लाग्ने गरेको स्थानीयहरूले बताउने गरेका छन् । बारम्बार हुलास स्टिलले प्रदूषण नियन्त्रण गर्न सम्झौता गर्ने तर व्यवहारमा नउतार्दा प्रदूषण नियन्त्रण गर्ने माग सहित वडा अध्यक्षको नेतृत्वमा आन्दोलनमा उत्रेका छन् ।

एक हप्ता भित्रमा आफूहरूको माग पुरा नभए कडा आन्दोलन गर्ने स्थानीय सुरक्षा कार्कीले जानकारी दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदूषण नियन्त्रणको लागि पहल गर्न एक हप्ताको समय लिएको छ । गत असोज २ गते बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा बसेको बैठकले आन्दोलनरत स्थानीय र हुलास स्टिल बिच वार्ता भएको थियो ।

वार्तामा उद्योगबाट भएको दूषित पानी लिकेज उद्योगले तत्काल बन्द गराउने, वृक्षारोपण गर्ने, उद्योगबाट हुने ध्वनि प्रदूषण, बायु प्रदूषण  नवीनतम प्रविधि भित्र्याएर नियन्त्रण गर्ने , उद्योग परिसरको उत्तरतर्फ रहेको एसिड ट्याङ्की चिम्नी स्थानान्तरण गर्ने लगायतको विषयमा उद्योग पक्ष सहमत भएको थियो । 

स्थानीयसँग  सहमति भएका कुराहरू  उद्योगले व्यवहारमा नउतार्दा आफूहरू उद्योगको विरुद्धमा डेलिगेसन आउन बाध्य भएको स्थानीय सुजन कार्कीले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत